सिभिल बैंक र एफ वन सफ्ट इन्टरनेसनलबीच ओम्नी च्यानल प्लेटफर्म सुचारु गर्दै डिजिटल बैंकिङ सेवा तथा सुविधाहरुलाई अझ बढी प्रभाकारी बनाउनको लागि सम्झौतापत्रमा हस्तक्षर गरिएको छ ।
सो सम्झौतापत्रमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनीलकुमार पोखरेल र एफ वन सफ्ट इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरेका छन् ।
बैंकले मोबाइल बैंकिङ सुविधालाई अझ बढी सवल र सुदृढ बनाई ग्राहकहरुको सहज वित्तीय पहुँचलाई मध्यनजर गर्दै उक्त स्तरोन्नती गर्न लागेको हो ।
अब गरिने स्तरोन्नतिपश्चात सिभिल बैंकका ग्राहकहरुले मोबाइल एपमार्फत नै बैंक खाता खोल्ने, पैसा पठाउने, खातामा पैसा जम्मा गर्ने, बैंक लोन लिने जस्ता सेवाहरुको उपयोग गरी सहज तथा सरल ढंगबाट आफूलाई आवश्यक वित्तीय सेवा उपभोग गर्न सक्नेछन् जुन आफैंमा एक नौलो सुविधा प्रयोग गरिएको अनुभव प्रदान गर्ने खालको हुनेछ ।
बैंकको १ सय १५ शाखा, १० एक्सटेन्सन काउन्टरहरु तथा ९७ एटीएमबाट सेवा प्रदान गर्दै आएको छ ।