आईसीसी टी–२० वरियतामा दिपेन्द्रसिंह ऐरी ५२औं स्थानमा

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को नयाँ वरियता सूचीमा नेपालका ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरी ५२औं स्थान पारेका छन् । यस अघि ऐरी १०० ब्याट्सम्यानभित्र पर्न सकेका थिएनन् ।ओमानमा भएको टी–२० सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्रले आफ्नो वरियता पनि सुधार गरे ।

त्यस्तै, चोटका कारण लिगका पहिलो दुई खेल गुमाएका कुशलको भने वरियता खस्किएको छ । यसअघि ५५औं स्थानमा रहेका उनी १० स्थान झर्दै ६५औं स्थानमा पुगेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार