काठमाडौं । मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाध जितेको छ। बुधबार दशरथ रंगाशालामा भएको खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबलाई पाराजित गर्दै मछिन्द्रले दुइखेल अगावै उपाधी जितेको हो । आजको खेलमा मछिन्द्रले रातदोबाटोलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
मछिन्द्रलाई लिग च्याम्पियन बनाउन सातदोबाटोविरुद्धको खेलमा अजरवैजानी खेलाडी नुर्लान नोभ्रूजोभले खेलको ५३औं मिनेटमा निर्णायक गोल गरे । सुनिल बलको क्रसमा देबेन्द्र तामाङको हेडर सातदोबाटोका गोलकिपरले राम्ररि क्लियर गर्न नसक्दा बल नुर्लानको खुट्टामा पुगेको थियो । ६यार्ड बक्सनजिकै रहेका नुर्लानले सजिलै बललाई पोष्टको दिशा दिलाए ।
जीतसंगै मछिन्द्र ११ खेलमा अपराजित रहँदै २९अंक जोडेको छ। दोस्रो स्थानको मनाङले बाँकी तअंन खेल जितेर अंक बराबरी गरेपनि हेड टु हेडका आधारमा मछिन्द्रनै च्याम्पियन बन्नेछ ।