प्रतिनिधिसभा बैठक फागुन ६ गतेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । अर्को बैठक फागुन ६ गते दिउँसो १ बस्ने गरी बैठक स्थति गरिएको सभामुख सापकोटाले बताए । आजको बैठकमा पनि नेकपा एमालेका सांसदले अवरोध गरेका थिए। बैठकको सुरुमा नै एमाले सांसदहरूले नाराबाजी गरेका थिए ।

नेकपा एमालेका सांसदहरुले एमाले पार्टी विभाजनमा सभामुख अग्नि सापकोटाले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको भन्दै नाराबाजी गर्दै अवरोध गरेका हुन्।सभामुख सापकोटाले भने यसबारे आफूले जवाफ दिइसकेको बताएका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार