एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी पक्राउ

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी)को विरोधमा उत्रिएकाहरू पक्राउ परेका छन् । प्रहरी टोलीले काठमाडौंको बिजुलीबजारबाट उनीहरूलाई पक्राउ गरेको हो ।

आज संसद्मा एमसीसी अनुमोदनका लागि टेबल गर्ने चर्चाका बीच उनीहरू विरोधमा उत्रिएका थिए । विभिन्न संगठनमा आबद्ध व्यक्तिहरूले प्रदर्शन गरेका हुन् ।

उनीहरू नयाँ बानेश्वरको निषेधित क्षेत्रमा पुगेर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले प्रदर्शनकारीहरुमाथी पानीको फोहोरा प्रहार गरेको छ । प्रहरीको लाठीचार्ज र पानीको फोहोरा प्रहारबाट कयौं घाइते भएका छन् । नयाँ बानेश्वर क्षेत्रमा उच्च संख्यामा प्रहरी परिचालन गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार