काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमसीसी टेबल हुनबाट रोक्ने अन्तिम प्रयासमा जुटेका छन् ।
त्यसका लागि अध्यक्ष प्रचण्ड प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा भेट्न बालुवाटार पुगेका छन् । उनी पार्टीको संसदीय दलको बैठक लगत्तै बालुवाटार गएका हुन । प्रचण्डले गठबन्धनमै सहमति नजुटेकाले एमसीसी टेबल नगर्न प्रधानमन्त्री देउवालाई आग्रह गर्ने बताएको छ ।