नयाँ बानेश्वरमा एमसीसीविरुद्ध प्रदर्शन, प्रहरीको हस्तक्षेप

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा नयाँ बानेश्वरमा प्रदर्शन भएको छ । नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीका भ्रातृ संगठनले संयुक्तरुपमा प्रदर्शन गरेका हुन् ।

उनीहरू नयाँ बानेश्वरको निषेधित क्षेत्रमा पुगेर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।गृहमन्त्रालयले नयाँ बानेश्वर क्षेत्रमा उच्च संख्यामा प्रहरी परिचालन गरेको छ ।

आज संसद बैठक बस्दै छ । बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपछि माओवादी र एकीकृत समाजवादीका युवाहरू सडकमा आएका हुन् ।माओवादी केन्द्रको आज बसेको संसदीय दलको बैठकले एमसीसीविरुद्ध उभिने औपचारिक निर्णय नै गरिसकेको छ । विप्लव नेतृत्वको नेकपासहित पाँच दलीय गठबन्धनले पनि एमसीसीको विरुद्धमा आज देशभर बन्द आह्वान गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार