नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले गिरावट आको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार १ सय रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको ९६ हजार ७ सय रुपैयाँमाकारोबार भएको थियो ।
यस्तै आज तेजावी सुनको मूल्य तोलाको ९४ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ ।
यसैगरी आज चाँदी पनि प्रतितोला ३५ रुपैयाँले घटेर प्रतितोला एक हजार २८५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।