कार्यव्यवस्था बैठकमा एमाले नजाने, आजको संसद पनि अवरोध गर्ने तयारी

काठमाडौं । आजको प्रतिनिधि सभा बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विरोध जारी राख्ने भएको छ । बुधबार दिउँसो १ बजे प्रतिनिनिसभाको बैठक बस्दै छ । आजको बैठकमा एमसीसी टेबुल गर्ने सरकारको तयारी छ । साथै प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि सहभागी नहुने एमालेले जनाएको छ ।

आज बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आजको कार्यव्यवस्थाको बैठकमा सहभागी नहुने बताए ।

पार्टीले कारबाही गरेका माधव नेपालसहित १४ सांसदलाई सभामुख सापकोटाले सदर नगरेपछि एमालेले उनको राजीनामा माग्दै आएको छ । एमालेले आफ्ना माग सम्बोधन गर्न माग गर्दै प्रतिनिधि सभाको बैठकमा पनि विरोध जनाउँदै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार