बाबुराम भट्टराई भन्छन्- एमसीसीको विरोध गर्नेहरु सरकारमा बस्न मिल्दैन

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले एमसीसीको विरोध गर्ने दलहरु सरकारमा बस्न नमिल्ने बताएका छन् ।

सत्ता साझेदार दलका नेतासमेत रहेका भट्टराईले सामाजिक सञ्जालमा एमसीसीका समर्थक र विरोधी एउटै सरकारमा बस्न नमिल्ने बताएका हुन् । उनले लेखेका छन्, ‘एमसीसीको मुद्दालाई एउटा विकास अनुदानको विषय मात्र नबनाएर देशको परराष्ट्र नीति, राज्य प्रणाली र विकास नीतिको विषय बनाउने हो भने यसका समर्थक र विरोधीहरू एउटै गठबन्धनरसरकारमा बस्न मिल्दैन । सत्ताको तर पनि मार्ने र बाहिर साखुल्ले हुने छुट हुनु हुँदैन । भेडा भेडासँग बाख्रा बाख्रासँग हुनु राम्रो ।’

एमसीसी सम्झौताबारे सत्ता गठबन्धनबीच विमती भइरहेका बेला डा. भट्टराईको यो अभिव्यक्ति आएको हो । नेपाली कांग्रेस एमसीसी पास गर्ने पक्षमा छ भने सत्ता साझेदार दल माओवादी केन्द्र र एकीकृत समाजवादी पास नगर्ने अडानमा छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार