राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) बिक्री खुला गरेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा आठ करोड ५० लाख रुपैयाँ बराबरको आठ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)को बिक्री खुला गरेको हो । यसमध्ये ४२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई आरक्षित गरिएको छ ।
कम्पनीले कर्मचारीलाई १३ हजार कित्ता सेयर छुट्याएको छ । बाँकी रहेको ७ लाख ९४ हजार ५०० कित्ता सेयर सर्वसाधारणले पाउने छन् ।
कम्पनीले जारी पुँजी २६ करोडको ३२.६९ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । सेयरमा कम्तिमा १० कित्ता र अधिकतम १००० कित्ताका लागि आवेदन दिन सकिन्छ ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ ।
आईपीओमा फागुन १३ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिसम्ममा माग अनुसार आवेदन नपरे फागुन १८ गतेसम्म म्याद थप हुनेछ ।