प्रवक्ताको जिम्मेवारीसहित राप्रपा प्रवेश गर्दै ज्ञानेन्द्र शाही

ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातन्त्र पार्टीको एक प्रवक्ता बन्ने भएका छन् । हाम्रो नेपाल हामी नेपाली अभियानलाई राप्रपामा समाहित गर्ने सहमति भएसँगै शाहीले प्रवक्ताको जिम्मेवारी पाउने भएका हुन् ।

दुई पक्षबीच आज यस सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । हाम्रो नेपाल हामी नेपाली अभियान राप्रपामा समाहित भएको औपचारिक घोषणा ६ फागुनमा हुँदैछ ।

समझदारीपत्रमा राप्रपाको वार्ता टोली संयोजक डा. धवलशम्शेर राणा र अभियानको वार्ता टोली संयोजक विनोद खड्काले हस्ताक्षर गरेका छन् ।

समान विचार भएका व्यक्ति, समूह र दलसँग एकता, मोर्चा वा सहकार्य गर्ने नीति अनुसार राप्रपाले महामन्त्री धवलशमशेर राणाको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो।

वार्ता समितिले शाही नेतृत्वको अभियानलाई समाहित गर्न प्रस्ताव गरेको थियो। मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले प्रस्ताव अनुमोदन गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार