एमसीसीबारे कांग्रेसको आधिकारीक धारणा सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे १२ बुँदे लिखित धारणा सार्वजनिक गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट पारित धारणामा नेपालमा पूर्वाधारको व्यापक विकासका लागि अन्तर्राष्ट्रिय सहयोग र सहायता आवश्यक रहेको उल्लेख छ ।

काँग्रेसले एमसीसी सम्झौतालाई संघीय सदनमा अनुमोदनको लागि प्रस्तुत गर्नु सरकारको राजनीतिक कर्तव्य भएको बताएको छ । नेपालमा पूर्वाधारको व्यापक विकासका लागि अन्तर्राष्ट्रिय सहयोग र सहायता आवश्यक रहेको काँग्रेसको ठहर छ ।

काँग्रेसले एमसीसीलाई राष्ट्रिय हित, अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक कूटनीति र पूर्वाधार विकाससँग जोडिएको रूपमा व्याख्या गरेको छ । एमसीसी संसद्‌मा प्रस्तुत र छलफल गराउन सभामुखले कुनै पनि बहानामा रोक्न, आलटाल र अवरोध गर्न नमिल्ने काँग्रेसको जिकिर छ ।
यस्तो छ एमसीसीबारे कांग्रेसको आधिकारीक धारणाको पूर्णपाठ :

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार