माधव नेपाल समूहको बिहीबारको कार्यक्रम स्थगित

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बिहीबारको कार्यक्रम स्थगित गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टीको ७२ औं स्थापना दिवसको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान भवनमा आयोजित कार्यक्रम स्थगित गरिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताएका छन् ।

नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको संक्रमण बढेसँगै सरकारले २५ जना भन्दाबढी भीड नगर्ने निर्णय गरेकाले कार्यक्रम स्थगित गरिएको भट्टराईद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । तर, कोरोनाको संक्रमण कम भएका जिल्लाहरुमा भने कार्यक्रम नरोक्न आग्रह गरिएको छ । साथै राष्ट्रपति, प्रधानमन्त्री, सरकारका मन्त्री नै जारी स्वास्थ्य मापदण्ड विपरित ठूला बैठक, सभा र कार्यक्रमहरुमा सहभागी भइरहेको प्रति भट्टराईले आपत्ती प्रकट गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार