डेब्युपछि लगातार तीन खेलमा अर्धशतकसहित कुशल भुर्तेलले बनाए विश्व कीर्तिमान

नेपालका ब्याट्सम्यान कुशल भुर्तेलले डेब्युपछि लगातार तीन खेलमा अर्धशतकीय पारी खेल्दै विश्व कीर्तिमान कायम गरेका छन् । काठमाडौंमा भइरहेको त्रिकोणात्मक टी २० सिरिजमा कुशलले लगातार तीन खेलमा ओपनिङ गर्दै अर्धशतक प्रहार गरेका हुन् ।

डेब्यु टि-२० अन्तर्राष्ट्रियमा नेदरल्याण्डसँगको खेलमा ६२ रन बनाएका भुर्तेलले सोमबार मलेसियासँग नेपालको जितमा अविजित ६१ रन बनाएका थिए । कुशलले मंगलबार नेदरल्याण्डविरुद्धको खेलमा तेस्रो अर्धशतक प्रहार गरे ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कुशलले ४१ बलमा ६ चौका र एक छक्काको मद्दतले ५२ रन बनाएर खेलिरहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार