पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण

पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

भारतको हरिद्वारमा गंगा स्नान गरेर आइतबार स्वदेश फर्किएका उनीहरुले कोरोना संक्रमण परीक्षण गराएका थिए । मंगलबार आएको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार