आफूहरुको विरोध व्यक्ति विशेषका लागि नभएर समग्र प्रवृतीको भएको माधव नेपालको भनाई (भिडियो)

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफूहरुको विरोध व्यक्ति विशेषका लागि नभएर समग्र प्रवृतीको विरोध भएको बताएका छन् ।

नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाले सोमबार काठमाडौंमा गरेको नवनिर्वाचित कार्यसमितिलाई पदस्थापन तथा बधाई कार्यक्रममा नेता नेपालले केहि व्यक्तिमा गलत प्रवृति हावी भएको भन्दै त्यसलाई सुधार गर्नका लागि आफूहरुको विरोध भएको बताएका हुन् । उनले केपी ओलीलाई प्रधानमन्त्री बनाउन जसले भर्याङ बनाइदियो उसैलाई सडकमा पु-याएको टिप्पणी गरेका छन् ।

उनले भने, ‘हाम्रै देशमा कतिपयहरु छन् नजितुन्जेलसम्म ठूलाठूला कुरा गर्छन्, जितेको भोलिपल्ट आफूलाई सम्राट ठान्ने गर्दछन् । जितेको भोलिपल्ट जुन भर्याङ चढेका हुन्छन्, त्यो भर्या‍ङ्लाई लात्तीले पुक्क फालेर हिर्काएर फाल्दिन्छन्’ उनले अगाडी भने, ‘पुक्क फालिएकाहरु सडकमा पछारिन्छन्, त्यसपछि उनीहरु बिजोग हुने स्थितिमा पुग्न खोज्दछन् । तर आँटिलाहरु फेरि उठछन् ।’

उनले आफ्नो समर्थन नभएपछि प्रधानमन्त्री ओलीले संसदलाई घाँडो ठानेको तर्क गरेका छन् । घरभित्र समर्थन नपाएपछि घरै भत्काउने काम भएको उनको भनाई छ । उनले गलत कुराको हार र सत्यको जित हुने दाबी गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार