नेपालमा सोमबार १ हजार २८१ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

नेपालमा सोमबार थप १२ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको सात हजार १ पिसिआर परिक्षणका क्रममा १२ सय २७ र ५४७ वटा एन्टीजेन परिक्षणका क्रममा थप ५४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ८५ हजार ९ सय पुगेको छ । त्यस्तै थप ८ जनाको मृत्यु हुँदा हालसम्म तीन हजार ९१ जनाको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा थप २५५ जना कोरोनामुक्त भएका छन् भने हालसम्म नेपालमा दुई लाख ७५ हजार ५५५ जना संक्रमित निको भएका छन् । हाल नेपालमा सात हजार २५४ जना आइशालेशन र ८१ जना क्वारेन्टाइनमा छन् भने हालसम्म २३ लाख ५२ हजार ५०२ वटा पिसिआर विधिबाट कोरोना परिक्षण गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार