अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकालाई मन्त्रीको सपथ खुवाउने तयारीमा मुख्यमन्त्री पोखरेल

लुम्बिनी प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएलगत्तै मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिमण्डल विस्तार गरेका छन् । अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जनता समाजवादी पार्टी (जसपा)का तीन प्रदेशसभा सदस्यसहित चार जना थपेर उनले मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन् ।

सोमबार आफुविरुद्ध ४१ जना सांसदले हस्ताक्षर गरेर अविश्वास प्रस्ताव दर्ता गरेको केही बेरमै मुख्यमन्त्री पोखरेलले जसपाका सांसदहरुलाई मन्त्रीमा समेटेका हुन् । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार जनता समाजवादी पार्टीका सन्तोष पाण्डेय, विजय यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेयलाई मन्त्री बनाउन थालेका हुन् । चारमध्ये कल्पना पाण्डेयबाहेक अन्य तीन जनाले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन् ।

अविश्वास प्रस्ताव दर्ता भएपछि माओवादीका दुई मन्त्री कुलबहादुर केसी र सुदर्शन बरालले राजीनामा दिएपछि मुख्यमन्त्रीले जसपाका सांसदलाई मन्त्री बनाएका हुन् । उनीहरुलाई चार बजे नै सपथ सपथको तयारी भइरहेको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार