प्युठान जिप दुर्घटना अपडेटः मृतकको संख्या आठ पुग्यो

प्युठानको गौमुख गाउँपालिकास्थित ओखरपाटामा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

प्युठानको नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप गएराति ३ बजे गौमुखी-६ ओखरपाटामा दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार दुर्घटनामा पाँच महिला र तीन पुरूष गरि आठ जनाको मृत्यु भएको छ । ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने दुई जनाको अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका हुन् । मृतककाे पहिचान खुल्न सकेकाे छैन ।

दुर्घटनामा बेहुलासहित ५ जना गम्भिर घाइते भएका छन् । उनीहरूकाे जिल्ला अस्पताल बिजुवारमा उपचार भैरहेकाे प्रहरीले जनाएकाे छ । जिप सडकदेखि ३०० मिटर तल खोल्सामा खसेकाे थियाे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार