प्युठानमा बेहुली लिएर फर्किंदै गरेको जिप दुर्घटना, ६ जनाको मृत्यु

प्युठानको गौमुख गाउँपालिकास्थित ओखरपाटामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

नौबहिनि गाउँपालिकाको लुङबाट दुलही लिएर गौमुखि गाउँपालिकाको लिवागं जाँदै गरेको जिप लिवागंको ओखरपाटामा दुर्घटनामा हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ । शनिबार बिहान ३ बजे ग१ज ५०९२ नम्बरको जिप दुर्घटना हुँदा अन्य सात जना गम्भिर घाइते भएको डिएसपी सत्यनारायण थापाले जानकारी दिए । मृतक र घाइतेको सनाखत भइसकेको छैन ।

बेहुलासहित ७ जना घाइतेको उपचार भइरहेको र सोही गाडीमा सवार बेहुलीको अवस्थाबारे जानकारी नआएको प्रहरीले जनाएको छ । सदरमुकामभन्दा टाढा भएकोले घटनाको सबै विवरण आइनसकेको उनको भनाइ छ ।

घाइतेहरूलाई जिल्ला अस्पताल पुर्याइएको डिएसपी थापाले बताए । घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक रहेको जानकारी पाएको उनले बताए ।

घटनास्थल इलाका प्रहरी कार्यालय पुजा निवासीबाट पनि १५ किलोमिटर टाढा रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार