शैक्षिक योग्यता किर्ते गरेको आरोपमा ७ जना डाक्टर पक्राउ

शैक्षिक योग्यता किर्ते गरेको आरोपमा प्रहरीले ७ जना चिकित्सकलाई पक्राउ गरेको छ । प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) काठमाडौं, भक्तपुर र ललितपुरसहित विभिन्न जिल्लाबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रुकुम पश्चिमको चौरजहारी अस्पतालमा कार्यरत डा. दिपेन्द्र गौतमसहित ७ जना छन् । एसएलसीको शैक्षिक प्रमाण पत्र किर्ते गरेको आरोपमा पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

सीआईबीले केही दिनअघि उनीहरुलाई पक्राउ गर्नका लागि अभियान नै चलाएको थियो । उनीहरुलाई केहीबेरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने ब्‍यूरोकी प्रवक्ता एसपी गंगा पन्तले बताइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार