माथिल्लो स्याँगेखोला जलविद्युतको परीक्षण उत्पादन

मजुङमा निर्माण भएको २.४ मेगावाटको माथिल्लो स्याँगेखोला जलविद्युत आयोजनाको परीक्षण उत्पादन सुरु भएको छ ।

मर्स्याङदी गाउँपालिका–४ मिप्रामा निर्माण सम्पन्न भएको आयोजनाको शुक्रबार परीक्षण गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो । आयोजनाका इन्जिनियर जीवन केसीका अनुसार आयोजनाको शुक्रबार एक दिन परीक्षण भएको छ ।

नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालय काठमाडौंबाट एकजना प्राविधिक र लमजुङ वितरण केन्द्रबाट एकजना प्राविधिक आएर परीक्षण गरिएको हो । आयोजनाको सिभिल संरचना तथा जडान भएका उपकरणहरूको परीक्षण यसअघि नै सकिएको र अहिले प्राविधकरणबाट परीक्षण गरिएको हो । आयोजनामा जडान भएको हाइड्रोमेकानिकल, इलेक्ट्रोमेकानिकल उपकरण ठिक छन् कि छैनन् भनी गरिएको परीक्षण सफल भएपछि परीक्षण उत्पादन भएको हो । संरचना तथा उपकरणको परीक्षणको चरण पूरा भएकोले उत्पादन परिक्षण सुरु गरिएको उनले बताए ।

आयोजनाको विद्युत ३३ केभी प्रसारण लाइनमार्फत १२ किलोमिटर दुरीमा रहेको खुदीको थाकनबेंसीमा सबस्टेसनमा जोडिएको छ । सबस्टेशनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गरेको जनाएको छ । अप्पर स्याँगे हाइड्रो पावर लिमिटेडले २०७४ सालबाट आयोजनाको काम सुरु गरेको थियो । निर्माण सुरु भएको चार वर्षमा सम्पन्न भएको हो । आयोजना ४६ करोड १० लाख ८४ हजार रुपैयाँमा सम्पन्न भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार