चर्चित युट्युब भ्लगर चेतन कार्की पक्राउ

चर्चित युट्युब भ्लगर चेतन कार्की पक्राउ परेका छन् । उनलाई प्रहरीले सिन्धुलीबाट पक्राउ गरेको हो उनलाई प्रहरीले ब्राउनसुगर र गाँजासहित जिल्लाको खुर्कोटस्थित राजमार्गमा चेक पोइन्टबाट बुधबार पक्राउ गरेको बताइएको छ ।

बागमती प्रदेश ०१–००३ क ९१८२ नम्बरको मिनी ट्रक चलाएर आएका कार्कीमाथि प्रहरीले चेकजाँच गर्नेक्रममा उनको ज्याकेटको खल्तीबाट ४ दशमलव १३ ग्राम ब्राउन सुगर र गितारको कभरबाट करिव ७ ग्राम गाँजासमेत फेला परेको हो ।

उनी काठमाडौं महानगरपालिका–२६ सामाखुसी बस्ने ३७ वर्षका कार्की सुनसरीबाट काठमाडौं आउदैँ थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार