फेरि सर्‍याे पुलिस र च्यासलबीचको खेल

सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत कोभिड १९ का कारण स्थगित भएको च्यासल युथ क्लब र नेपाल पुलिस क्लबबीचको खेल तालिका पुनः परिवर्तन भएको छ ।

शनिबार हुने भनिएको खेल वर्षाका कारण स्थगित गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । यी दुई टोलीबीचको खेल वर्षाका कारण मैदान खेल्न योग्य नभएपछि खेल दोस्रो पटकको लागि परिवर्तन गरिएको हो ।

खेल दशरथ रंगशालामा बुधबार दिउँसो एक बजेदेखि सुरु हुनेछ । यसअघि च्यासल युथ क्लबका १९ खेलाडीमा कोभिड–१९ संक्रमण देखिएपछि पूर्वनिर्धारित समयमा हुन सकेकको थिएन ।

यस्तै एन्फाले लिगको १०औं चरणको खेल २८ माघबाट हुने जनाएको छ । यद्यपि, १०औं चरणका खेलहरुको तालिका भने सार्वजनिक गरिएको छैन ।

नवौं चरणको खेल सकिँदा मछिन्द्र फुटबल क्लब शीर्षस्थानमा छ । जारी लिगको पुछारमा रहने दुई टोली दोस्रो डिभिजनमा घटुवा हुनेछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार