शुक्रबार थप २ हजार ५२६ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

नेपालमा शुक्रबार थप २ हजार ५२६ जनाका कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ७३ वटा नमूना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही समयमा १६ जनाको मृत्यु भएको छ भने ८ हजार ४२५ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार अहिले देशभर ५६ हजार ४५७ जना सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार अहिले निको हुने संक्रमितहरुको दर ९२.९ प्रतिशत रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार