रुसमा कोरोना सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै धेरै

रुसमा गएको २४ घण्टायता एकै दिनमा भएको कोरोनाभाइरस सङ्क्रमण दर सबैभन्दा धेरै भएको बताइएको छ ।

त्यहाँ बिहीबार अघिल्लो २४ घण्टायता १ लाख ५५ हजारभन्दा बढी व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण देखा परेको छ । यो सङ्ख्या एकै दिनमा भएको अहिलेसम्मकै सबैभन्दा धेरै हो । त्यस्तै सोही अवधिमा कम्तीमा पनि ६६५ जनाको ज्यान गएको बताइएको छ ।

त्यहाँ अहिलेसम्ममा ३ लाख ३३ हजार ३५७ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । रुसमा पछिल्लो समयमा कोभिडका सङ्क्रमितहरुको सङ्ख्या बढेको पनि पाइएको छ ।

रुसमा सबैभन्दा बढी त्यहाँको राजधानी मस्को प्रभावित भएको छ । अहिले देखिएका सङ्क्रमितहरुमा पनि पछिल्लो समयमा सबैभन्दा बढी मस्कोमा नै भेटिएका छन् । त्यहाँ ओमिक्रोन भेरियन्ट पहिलेका वेभहरुको तुलनामा बढी नै फैलिएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार