टिपरमा भ्यान ठोक्किँदा आमाछोराको मृत्यु, हजुरआमा गम्भीर

नारायणगढ–मुग्लिन सडकखण्डको पन्ध्र किलो भन्ने स्थानमा भ्यान र टिपर एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुर्घटनामा एक गम्भिर घाइते भएका छन् । दुर्घटनामा भ्यानमा सवार धादिङको गल्छी गाउँपालिका–१ की निशा वली ढुंगाना र उनका ९ वर्षीय छोरा निमेश ढुंगानाको मृत्यु भएको हो ।

शुक्रबार बिहान करिब ८ः२० बजेतिर मुग्लिनबाट भरतपुरतर्फ जाँदै गरेको बा११च ५७८८ नम्बरको मारुती भ्यान विपरित दिशाबाट गइरहेको लु२ख १७०१ नम्बरको टिपरमा ठोक्किँएको थियो ।

निमेशको उपचारका लागि भरतपुरतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको र निशाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा बिहान १०ः५५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

दुर्घटनामा निशाको आमा राप्ती नगरपालिका–३ की धिरमाया वलीको अवस्था गम्भीर रहेको उनले बताए । भ्यान चालक गल्छी–१ का राजकुमार ढुंगानाको अवस्था मध्यम रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार