चीनमा शीतकालीन ओलम्पिक आजबाट सुरु हुँदै

काठमाडौं । चीनको राजधानी बेइजिङमा शीतकालीन ओलम्पिक आजबाट सुरु हुँदैछ ।प्रतियोगितामा दुई हजार आठ सय ७१ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यो ओलम्पिक २० फेब्रुअरीमा सकिनेछ ।

अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिलले प्रतियोगीतामा ९१ देशले भाग लिने जनाएको छ । यसअघि अमेरिका लगायत पश्चिमेली राष्ट्रहरूले बेइजिङमा सरकारी स्तरबाट पदाधिकारी नपठाउने घोषणा गरेको थियो ।

यसैबीच भारतले पनि कुटनीतिक बहिष्कार गर्ने भएको छ । आजको उद्घाटन र समापन समारोहमा भारतीय राजदूत सहभागी नहुने भारतीय विदेश मन्त्रालयले हिजो जानकारी गराएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार