टिपर दुर्घटना हुँदा चालकको ज्यान गयो

काठमाडौं । धादिङमा टिपर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । भने सहचालक गम्भीर घाईते भएका छन् । गएराति पृथ्वी लोकमार्ग अन्तर्गत धादिङको धुनीबेंसी नगरपालिका ९ बीस किलोमा टिपर दुर्घटनामा परेको हो ।

दुर्घटनामा धुनीबेंसी ८ भदौरे घर भएका टिपर चालक ३२ वर्षी राज कुमार श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा काठमाडौंका २० वर्षीय सविन कुँवर गम्भीर घाइते भएका छन् ।

काठमाडौंबाट खानीखोला तर्फ जाँदै गरेको बा ४ ख ११६२ नम्बरको टिपर गएराति करिब ३ बजे अनियन्त्रित भई सडकबाट २० मिटर तल खस्दा दुर्घटना भएको हो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार