शिवपुरी, फुल्चोकी र चन्द्रागिरीमा हिमपात

काठमाडौं । काठमाडौरंको चन्द्रागिरी,शिवपुरी र फुल्चोकीलगायतका स्थानमा भारी हिमपात भएको छ ।पश्चिमी न्युन चापीय प्रणालीको प्रभावसँगै देशका विभिन्न स्थानमा हिमपात भएको हो ।

हिमपातका कारण देशभरको जनजीबन प्रभावित भएको छ ।मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली रहने जनाएको छ । अहिले देशका धेरै स्थानहरुमा मेघ गर्जन, चटयाङ र असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार