कर्णाली प्रदेशमा भारी हिमपात

हिमपातका कारण विभिन्न राजमार्ग अबरुद्ध

काठमाडौं । कर्णाली प्रदेशमा भारी हिमपात भएको छ । आज बिहानैदेखि प्रदेशका हिमाली जिल्ला मुगु, जुम्ला, डोल्पा, हुम्लामा भारी हिमपात भएको हो । हिमपात हुँदा हवाइ र सडक यातायात प्रभावित भएको छ ।

बिहीबारबाट बाक्लो हिमपात हुँदा विमानस्थलमा हवाइ उडान हुन सकेको छैन ।मुगुस्थित ताल्चा विमानस्थलमा हवाइ उडान ठप्प भएको छ भने कर्णाली राजमार्गका विभिन्न खण्ड अवरुद्ध बनेका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुँदा हिमपात भएको हो । आज पनि देशका विभिन्न भूभागमा हिमपात भइरहेको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार