भक्तपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २४ वर्षीय गिरीको मृत्यु

भक्तपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा  आज एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका–७ खरिपाटीका २४ वर्षीय सञ्जोग गिरी रहेका छन् ।

चाँगुनारायण–७ खरिपाटी भद्रकालीमा प्रदेश नं ३–००१ प १४७७ नं को मोटरसाइकल र बा५ख १६२५ नं ट्रक एकापसमा ठोक्किँदा मोटरसाइकल चालक गिरीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।

गिरीको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले ट्रक चालक सिन्धुपाल्चोकको बाह्रबिसे घर भई हाल भक्तपुर नगरपालिका–८ लिवाली बस्ने ३४ वर्षीय राम आचार्यलाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार