मोरङ घटना : ललितपुरमा गाडिएको अवस्थामा भेटियो अर्को शव

ललितपुरको गोदावरी नगरपालिका-१२, धापाखेलमा खाल्डो खनेर गाडिएको अवस्थामा एक जनाको शव भेटिएको छ । गत माघ १३ गते मोरङको धनपालथान ७ बोर्डिङ टोलस्थित उखुबारीमा दुई शव फेला परेको थियो। सोही घटनामा बेपत्ता रहेका एक जनाको शव ललितपुरमा फेला परेको हो ।

बरामद शव तेह्रथुमका ६२ वर्षीय मोहन लिम्बूको हो ।  उक्त शव करिब एक महिनाअघि गाडिएको हुनसक्ने प्रहरीको अनुमान छ । शव प्रमिश थापा मगरको घर पछाडि खाल्डो खनेर गाडिएको अवस्थामा बरामद भएको हो । उक्त घर एक किन्डरगार्डेनलाई भाडामा दिइएको थियो ।

मोरङमा मृत फेला पर्नेमा सुनसरी धरान-३ घर भई भक्तपुरमा बस्दै आएका राजेन्द्रकुमार श्रेष्ठ र सप्तरीका शम्भू चौधरी मृत फेला परेका थिए ।  प्रहरीले मोरङमै घटनामा संलग्न रहेको आशंकामा केहीलाई नियन्त्रणमा लिएको छ।

मोरङमा उखुबारीको खाल्डोमा पुरुषको शव, पहिचान खुलेन

मोरङमा उखुबारीको अर्को खाल्डोमा पनि शव भेटियो

मोरङको उखुबारीभित्र खाल्डोमा भेटिएका दुवै शवको पहिचान खुल्यो

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार