सर्वाेत्तम सिमेन्ट र सर्वाेत्तम स्टीलद्वारा ठेकेदारका लागि ७ लाखको दुर्घटना बीमा

सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम समेन्ट लिमिटेड तथा सर्वोत्तम स्टील लिमिटेडले आफ्ना ठेकेदारहरुका लागि दुर्घटना बीमा योजना ल्याएको छ ।

कम्पनीले आयोजना गरेको एक प्राविधिक भेटघाट कार्यक्रम मार्फत ‘सर्वोत्तमको न्यानो सौगात’ नामक योजनाको सुरुवात गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका भाइस–प्रेसिडेन्ट् सुवास पाण्डेका अनुसार यस योजना अन्तर्गत अब ठेकेदारहरुले आफ्नो साइट रजिष्टर गराए बापत सर्वोत्तम स्टीलको तर्फबाट ट्रयाक–सुट उपहार तथा सर्वोत्तम सिमेन्टको तर्फबाट ट्रयाक–सुटका साथै कुनैपनि किसिमका दुर्घटनामा ७ लाखको बीमाको सुविधा पाउनेछन् ।

हाललाई काठमाडौं, ललितपुर र भक्तपुरका १००० ठेकेदारहरुका लागि बीमा सुविधा प्रदान गराउने लक्ष्य कम्पनीले लिएको छ । यसरी आफ्नो साइट रजिष्टर गराई योजनाको फाइदा लिन ९८०२३२०६०१ मा सम्पर्क गर्न सकिनेछ ।

यसका साथै, सोही कार्यक्रममा कम्पनीका प्रोजेक्ट हेड इन्जिनियर अभिषेक झाद्वारा घर बनाउँदा सिमेन्ट र डण्डीको प्रयोग प्राविधिक रुपमा कसरी गर्दा भूकम्प प्रतिरोधात्मक हुन्छ र सिमेन्टको प्रयोग प्राविधिक रुपमा उपयुक्त तरिकाले कसरी गर्दा सिमेन्टको खपत पनि कम हुन जान्छ भन्ने बारेमा जानकारी तथा तालिम समेत प्रदान गराइएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार