मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

सोमबार नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरुले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन् । नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीको नाम प्रस्ताव गरिएको छ ।

लुम्बिनी प्रदेशसभामा ८७ सांसद रहेका छन् । जसमध्ये माओवादी केन्द्रले दुई सांसद एमालेमा प्रवेश गरेकोले उनीहरुलाई कारबाहीस्वरुप पदमुक्त गरेको छ । प्रदेशमा सत्तारुढ नेकपा एमालेका ४१ सांसद छन् भने माओवादी केन्द्रका सभामुखबाहेक १७, नेपाली काँग्रेसका २० र जसपा नेपालका ६ सांसद छन् ।

बहुमतका लागि कम्तीमा ४३ सांसद आवश्यक पर्छ । कर्णाली प्रदेशमा जस्तै लुम्बिनीमा फ्लोस क्रश हुने खतरा उत्तिकै रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार