नेप्सेको सीईओमा कृष्णबहादुर कार्की नियुक्त

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पाल्पाका कृष्णबहादुर कार्की नियुक्त भएका छन् ।

यही सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नेप्सेको सीईओ बनाउने निर्णय लिएको अर्थमन्त्रालय स्रोतले जनाएको छ । समितिले कृष्ण बहादुर कार्की, डा. केशव श्रेष्ठ र डा. रमेश कुमार भण्डारीलाई सिफारिस गरेको हो ।

समितिले यस अगाडी प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन दिएका ११ जना मध्येबाट ५ जनालाई सर्ट लिस्टिङ गरेको थियो । सर्ट लिष्टिङमा परेका ५ जनाले कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वाताका आधारमा सिफारिस गरेको हो ।

यस समितिले कृष्ण बहादुर कार्की, डा. केशव बहादुर श्रेष्ठ, प्रवीण पन्दाक, रमेश घिमिरे र डा. रमेशकुमार भण्डारीलाई कार्ययोजना प्रस्तुतिकरण गर्न लगाएको थियो ।

छनोट समितिले ५ जनालाई हिजो २५ गते आइतबार व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ताका लागि बोलाएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार