लक्ष्मी बैंकद्वारा ‘ब्राण्ड फिल्म’ निर्माणका लागि ‘क्राउडसोर्सिङ’ प्रतियोगिता

लक्ष्मी बैंकले आउँदो २० औँ वार्षिकोत्सवको उपलक्ष्यमा बैंकको ब्राण्ड फिल्म निर्माणका लागि अनुभवी निर्माता तथा एजेन्सीहरुका लागि ‘क्राउडसोर्सिङ’ प्रतियोगिताको घोषणा गरेको छ ।

सो प्रतियोगिताको विजेताले लक्ष्मी बैंकको ब्राण्ड फिल्म निर्माण गर्नका लागि रु २० लाखको कन्ट्र्याक्ट हात पार्नेछन् । यो प्रतियोगिता लक्ष्मी बैंकको ५ मूल मान्यताहरुमा आधारित रहेको बैंकले जनाएको छ ।

बैंकका अनुसार रिलेसनसिप, एक्स्प्लोर्स, टिमवर्क, रेस्पोनिसबल, प्रोग्रेसिभ, जसको आधारमा बैंकले २० वर्षको गरिमामय यात्रा तय गर्न सफल भएको छ, सबै प्रतियोगी इन्ट्रीहरूलाई एक्स्पर्ट प्यानलद्वारा प्राविधिक र रचनात्मक दुवै पक्षहरूलाई मध्यनजर गर्दै जज गरिनेछ ।

यस विषयमा थप जानकारीका लागि लक्ष्मी बैंकको वेबसाइटमा हेर्न सकिने बैंकले जनाएको छ ।

सो प्रतियोगिता लक्ष्मी बैंकको ‘क्राउडसोसिंङ’ मा आधारित तेस्रो प्रतियोगिता हो । यस अघि बैंकले २०१८ मा ‘माइ कार्ड आइडियाज’ र २०२० मा ‘माइ मोबाइल मनि भिडिओ कन्टेस्ट’ मा उत्साहजनक सफलता पाइसकेको छ ।

बैंकले यस्तै अभियानहरुद्वारा ग्राहकहरुलाई आफ्ना रचनात्मक प्रतिभालाई कृयाशील बनाई बैंकको विविध अभियानहरुमा संलग्न हुने अवसर प्रदान गर्दै आइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार