डिशहोम फाइबरनेटको सह–वितरण स्वरुम अब जोरपाटीमा

नेपालभर इन्टरनेटको सेवा विस्तार गरिरहेको डिशहोम फाइबरनेटले काठमाडौँको जोरपाटीमा पनि सह–वितरण स्वरुमको शुभारम्भ गरेको छ ।

माघ १९ देखी डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो स्वरुमको संचालन दीपा इम्पेक्सले गर्नेछ ।

स्वरुम उद्घाटन डिशहोमका तर्फबाट नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरिया सेल्स म्यानेजर उज्ज्वल न्यौपाने र सेल्स अफिसर मदन सापकोटाको उपस्थितिमा सम्पन्न भएको थियो ।

विगत लामो समयदेखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डीटीएच सेवा ग्राहकहरूमाझ पुर्‍याउँदै आएको दीपा इम्पेक्सले अब डिशहोम फाइबरनेट बिक्री र बिक्री पछिको सेवा नयाँ स्वरुम मार्फत दिनेछ ।

१५ सयभन्दा धेरै ग्राहकलाई डिशहोम फाइबर नेटको सेवा उपलब्ध गराइसकेको इम्पेक्सले अब अझबढी ग्राहकहरु माझ पुग्नको लागी पनि यस नयाँ स्वरुमले मद्दत गर्ने ईम्पेक्सका सञ्चालक सुवास तिमिल्सीनाले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार