हवाई इन्धनको मूल्य बढेसँगै वायुसेवा सञ्चालकले बढाए भाडा, कहाँको कति ?

वायुसेवा सञ्चालक संघले हवाई भाडा समायोजन गरेको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै संघले नयाँ भाडा समायोजन गरेको हो ।

संघले बढाएको नयाँ मूल्य अनुसार सबैभन्दा बढी काठमाडौं–धनगढीको ४४५ रुपैयाँ भाडा बढेको छ। अब यो सेक्टरको न्यूनतम भाडा ५ हजार १२५ रुपैयाँ पुगेको छ।

वायुसेवा संचालक संघले फ्युल सरचार्ज न्यूनतम १०५ रुपैयाँदेखि अधिकतम ४४५ रुपैयाँसम्म वृद्धि गरेको जनाएको छ । नयाँ बढेको मूल्य अनुसार काठमाडौं –विराटनगर २४० रुपैयाँ, काठमाडौं –भरतपुर १०५ रुपैयाँ, काठमाडौं –पोखरा १६० रुपैयाँ, काठमाडौं –नेपालगञ्ज ३२५ रुपैयाँ, काठमाडौं –भद्रपुर ३०० रुपैयाँ, माउन्टेन फ्लाइटमा ३४५ रुपैयाँ फ्युल सरचार्ज बढाएका हुन् ।

निगमले बुधबारदेखि लागू हुने गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ प्रतिलिटर बढाएको थियो । हवाई इन्धनको मूल्य प्रतिलिटर १०६ रुपैयाँबाट बढाएर ११६ रुपैयाँ पुर्याइएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार