पछिल्लो २४ घण्टामा संक्रमितभन्दा निको हुनेको संख्या धेरै, १४ जनाको मृत्‍यु

नेपालमा थप ३ हजार १ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १० हजार २६ पिसिआर परिक्षणका क्रममा २ हजार ७ सय ४२ जना र २ हजार ५ सय ७९ एन्टीजेन परिक्षणका क्रममा ४ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोनाका कारण थप १४ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोनाका कारण ११ हजार ७ सय ७८ जनाले ज्यान गुमाएका छन् । त्यस्तै थप ८ हजार ७ सय २३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ८७ हजार ४ सय ४३ जना संक्रमितले कोरोना जितेका छन् । हाल ६३ हजार २ सय ९६ सक्रिय संक्रमित आइशोलेशन र १ सय ३८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार