माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

सोमबार दिउँसो १ बजे बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

पछिल्लो परिस्थितिबारे अन्य दलहरुसँग छलफल गर्नुपर्ने भएकाले बैठक स्थगित गरिएको नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सोमबार सरकारले हठात् प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछि माओवादी केन्द्रले बैठक रोकेर संसदमा प्रतिनिधित्व गर्ने अरु दलहरुसँग छलफल गर्न लागेको हो । नेता श्रेष्ठका अनुसार आज स्थगित भएको स्थायी कमिटी बैठक मंगलबार बस्ने छ । त्यसअघि कांग्रेस, जसपासँग छलफल हुने उनले बताए । यद्यपि समय तय भइनसकेको उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार