पाँचथरमा लेक लागेर एक जनाको ज्यान गयाे

पाँचथरको उच्च पहाडी क्षेत्रमा पर्ने फालेलुङ गाउँपालिकाको धुपीडाँडामा लेक लागेर एक जनाको ज्यान गएको छ ।

जिल्लाको फालेलुङ गाउँपालिका–५ का ३१ वर्षीय विशाल मगरको लेक लागेर आज बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

आहाल भन्ने ठाउँमा रहेको चौरी गोठमा जाने क्रममा हिउँको कारण लेक लागेर उनको ज्यान गएको प्रहरी निरीक्षक एवम् सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।

भाइ विक्रम मगरसँग आहाल जाँदै गर्दा हिउँमा हिँड्न नसकेर घर फर्कने क्रममा विशाललाई लेक लागेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार