एमसीसी पास नगरे सभामुखविरुद्ध काँग्रेसले महाअभियोग ल्याओस्, सघाउन तयार छाैँ : रायमाझी

प्रमुख प्रतिपक्षी नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नेपाली काँग्रेसले सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए सहयोग गर्न तयार रहेको बताएका छन् ।

विहीबार रिपोर्टस क्लबमा आयोजित एक कार्यक्रममा बोल्दै सचिव रायमाझीले एमसीसी पास नभएको खण्डमा काँग्रेसले सभामुखमाथि महाअभियोग लगाउने प्रस्ताव गरे एमाले सहयोग गर्न तयार रहेको बताएका हुन् । संसदको काम कारबाहीलाई सुचारू रूपमा चलाउन पनि सभामुखलाई हटाउँदा राम्रो हुने उनको भनाई छ ।

‘अहिले हामी सरकारमा छैनौँ, प्रतिपक्षमा छौँ । एमसीसी पास नभए सभामुखमाथि महाअभियोग लाउनुपर्छ भन्ने कुरा काँग्रेसले राख्यो भने हामी साथ दिन्छौँ । सभामुखको काम छैन सभामुखबाट हटाउँदा राम्रो हुन्छ ।’ उनले भने । सभामुख विधिसम्मत र देशको कानूनसम्मत तरिकाले नचलेको उनको आरोप छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार