मर्जर भाँडिएपछि हिमालयन बैंकको सञ्चालक समिति भित्रै विवाद

मर्जर भाँडिएपछि हिमालयन बैंकको सञ्चालक समितिको बैठक बसेको छ । इन्भेष्टमेन्ट बैंकसँगको मर्जर भाँडिएपछि हिमालयनको पहिलो बैठक बसेको हो । बुधबार बसेको बैठकमा सञ्चय कोषले मर्जर भाँडेको भन्दै सञ्चालकहरुले आक्रोश व्यक्त गरेका छन् ।

बिग दुई ठूला बैंक एक हुने गरी वैशाख देखि अघि बढेको कुरा पुस मसान्तमा आएर सबै प्रयास विफल भएका थिए । हिमालयन बैंकको साधारणसभामा मर्जरको पक्षमा बहुमत पुग्न नसकेर मर्ज विफल भएको हो ।

सञ्चय कोषले डीडीए रिपोर्टलाई स्वीकार गरेर पछि आफ्नै संलग्नतामा भएको डीडीए रिपोर्टलाई अस्वीकार गरी मनोमानी ढंगले अर्को डीडीए रिपोर्ट बनाएर नियोजितरुपमा मर्जर भाँडेको बैँकका हिमालयन बैंकका एक सञ्चालकको आरोप छ ।
बुधबार बसेको सञ्चालक समितिको बैठकले मर्जर भाँडेको बिषयमा लिखित प्रश्न सोध्ने निर्णय गरेको छ ।

इन्भेष्टमेन्ट बैंक मर्जरमा जान तयार रहँदा रहँदै पनि हिमालयन बैंकका ३० प्रतिशतभन्दा स्वामित्व भएका सेयरधनीले मर्जरको विपक्षमा भोट हालेकाले यी दुई बैंकबीच मर्जरको च्याप्टर क्लोज भएको थियो ।
जसकारण अहिले हिमालयन बैँकका संचालकबिच नै विवाद देखिएको छ ।

इन्भेष्टमेन्ट बैंकसँग मर्जर सम्झौता गरेदेखि नै हिमालयन बैंक सञ्चालक समितिमा मतभेद देखिएको थियो । संस्थापक लगानीकर्ताहरु हबिब बैंक, म्युचुअल ट्रेडिङ कम्पनी, आभा इन्टरनेसनल र खेतान समूह मर्जरको पक्षमा रहेका थिए भने संचय कोष, एन ट्रेडिङ कम्पनी र छायाँ इन्टरनेसनल विपक्षमा रहँदै आएका थिए ।

के हो विवाद ?

दुबै बैंकले गरेको सम्पत्ति तथा दायीत्व मूल्यांकन (डीडीए) मा कर्मचारी संचय कोष लगायत करिब ३६ प्रतिशत सेयरधनीहरुको चित्त बुझेको थिएन । दुबै बैंकको डीडीए अनुसार हिमालयन बैंकको एक कित्ता सेयर बराबर इन्भेष्टमेन्ट बैंकको पनि एक कित्ता सेयर हुने भन्ने छ । त्यो मूल्यांकनमा हिमालयन बैंकको सम्पत्तिको कम मूल्यांकन गरिएको र इन्भेष्टमेन्टको बढी गरिएको भन्दै कोष लगायत सेयरधनीले विरोध गर्दै आएका थिए । यसकारण आजको साधारण सभामा उनीहरुले मर्जरको विपक्षमा मतदान उभिएका हुन् ।

यस्तै, कोषले स्वतन्त्र विज्ञद्धारा गरेको अध्ययनमा हिमालयन बैंकको १ कित्ता सेयर बराबर इन्भेष्टमेन्टको ०।७८ कित्ता सेयर हुने भन्ने छ । यो प्रस्ताव सम्बोधन नभएसम्म कोषले मर्जरमा सहमति नजनाउने विषयमा संचय कोषको संञ्चालक समितिले औपचारिक रुपमा निर्णय नै गरेको छ । बैंकहरुले गरेको डीडीएको सुझाब अनुसार मर्जरमा जाादा हिमालय बैंकका सेयरधनीले प्रतिसेयर ४७ रुपैयाा २२ पैसा नोक्सान बेहोनु पर्ने कोषको अध्ययनले देखाएको छ ।

हिमालयन बैंक सञ्चालक समितिमा रहेका केही व्यक्तिको इन्भेष्टमेन्ट बैंकमा पनि ठूलो सेयर लगानी छ । केहीको पारिवारीक सम्बन्ध छ । यसकारण ती समूह जसरी भएपनि मर्जरमा जाने पक्षमा थिए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार