उदयपुरमा परराष्ट्रमन्त्री डा. खड्कालाई कालो झण्डा

नेकपा एमालेनिकट अनेरास्ववियुका विद्यार्थीहरूले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई उदयपुरमा कालो झण्डा देखाएका छन् । गृहजिल्ला पुगेका परराष्ट्रमन्त्री खड्कालाई बिहीबार बिहान गाईघाट बजारबाट राजावासतर्फ जाँदै गर्दा मदन भण्डारी लोकमार्गको त्रियुगा हस्पिटल अघि कालो झण्डा देखाएका हुन् ।

कालो झण्डा देखाउने अनेरास्ववियुका भुवन दाहाल, मनोज तामाङसहित तीन जना विद्यार्थीलाई प्रहरी नियन्त्रणमा लिएको छ । मन्त्री खड्का त्रियुगा नगरपालिका-८ स्थित अम्बेरसिंह जनता माध्यामिक विद्यालय राजावासको बालबालिकाहरुलाई न्यानो कपडा र त्रियुगा नगरपालिका-९ स्थित सरस्वती गाउँमा ७२ घर परिवारमा जडान गरिएको विद्युत् उद्घाटन गर्न गएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार