सीके राउत नेतृत्वको जनमत पार्टीद्वारा टायर बालेर चक्काजाम

सीके राउत नेतृत्वको जनमत पार्टीले आज बिहानैदेखि पूर्वपश्चिम राजमार्गमा टायर बालेर प्रदर्शन गर्दै बन्द गराएको छ। किसान आन्दोलन भन्दै उक्त पार्टीले टायर बालेर मधेस प्रदेशको सप्तरी, सिरहा, धनुषा, महोत्तरीलगायतका राजमार्गमा चक्काजाम गरेकाे हाे ।

जनमत पार्टीका कार्यकर्ताहरु राजमार्गमा बाँसका भाटा बोकेर बसेका छन्। सवारी आवागमनमा अवरोध गरेका छन् ।

जनमत पार्टीले किसानमाथिको दमन बन्द गर्नुपर्ने, किसान र आन्दोलनकारीमाथि लगाइएका झुटा मुद्दा फिर्ता गर्नुपर्ने, समयमा मलखाद र बीउविजनको व्यवस्था, सिँचाइको व्यवस्था, सि‌ंचाइको बिजुली निःशुल्क, हावाहुरी र वर्षाले भएको बालीनाली क्षतिबापत तत्काल राहत, किसानको समस्या समाधानका लागि मन्त्रिस्तरीय वार्ता समिति गठन गर्नुपर्ने लगायतका माग राखेर आन्दोलन गर्दै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार