तुवाँलोका कारण काठमाडाैंबाट हुने आन्तरिक उडान ठप्प

बाक्लो तुवाँलोका कारण बिहानै देखि आन्तरिक उडान ठप्प भएको छ । बिहान ६ः३० बजे देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट देशैभर हुने आन्तरिक उडान भिजिबिलिटी अपुग हुँदा उडान हुन सकेको छैन ।

हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिबिलिटी एक हजार दुई सय मिटर मात्र रहेको विमानस्थलले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण बिहीबार बिहानै देखि मौसममा खराबी आएपछि बिहान नौ बजेसम्म देशैभरका ३५ वटै विमानस्थलमा उडान ठप्प रहेको छ ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार पहाडी क्षेत्रका केही विमानस्थल खुले पनि तराई क्षेत्रका विमानस्थल खुल्न सकेको छैन । तर काठमाडौँ विमानस्थलका लागि पाँच हजार मिटर भिजिबिलिटी आवश्यक रहे पनि एक हजार दुई सय मिटर मात्र रहेको विमानस्थलले जनाएको छ । बिहीबारका लागि एक सय १२ वटा नियमित उडान तोकिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार