विराटनगरको आईसीपीलाई रेलमार्गसम्म जोड्न माग

भारतको रेल–स्टेसन बथनाहा र विराटनगरको आईसीपीलाई रेलमार्गले जोड्न सरकारी पहल गरिदिन विराटनगरका उद्योगी–व्यवसायीले माग गरेका छन् । कोलकाता बन्दरगाहबाट छुटेको कार्गोरेल विराटनगर भन्सार यार्डसम्म ल्याउन सरकारी चासो आवश्यक रहेको भन्दै उद्योगी–व्यवसायीले यथाशीघ्र पहल बढाउन सरकारसँग माग गरेका हुन् ।

मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजालले विराटनगरको आईसीपीसम्म रेलमार्ग आइपुगेको अवस्थामा भारतीय पक्षले यार्ड निर्माण अन्तिम चरणमा पु-याएको भन्दै अब कुटनीतिक पहल आवश्यक रहेको बताए । उद्योगी–व्यवसायीले निर्माणस्थलको अनुगमन गरेर निर्माण पक्षसँग बुधबार संवादसमेत गरेका छन् ।

अध्यक्ष रिजालले भारतीय रेल–वे विभागले भारतको बथनाहादेखि विराटनगरको आईसीपीसम्मको रेलमार्गको सफल परीक्षण गरिसकेकाले सशक्त कूटनीतिक पहल भएमा आईसीपीसम्म कार्गोरेल ल्याउन सकिने विश्वास व्यक्त गरे । रिजालले आईसीपीमा कन्टेनर लोडअनलोडका लागि नेपाल पक्षले केही खाली ठाउँमा माटो भर्ने कामबाहेक भारतीय पक्षले काम अन्तिम चरणमा पु-याएको बताए । यो समाचार आजको गाेरखापत्र दैनिकमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार