यथास्थितिमा एमसीसी पारित गर्न नहुने एकीकृत समाजवादीको निष्कर्ष

नेकपा एकीकृत समाजवादीले यथास्थितिमा एमसीसी पारित गर्न नहुने निष्कर्ष निकालेको छ ।

बुधवार काठमाडौँमा बसेको समाजवादीको सचिवालय बैठकले एमसीसी राष्ट्रको हितमा नरहेको भन्दै यथास्थितिमा पारित गर्न नहुने निष्कर्ष निकालेको एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकमा एमसीसीले उत्पन्न गरेको राजनीतिक तनावका बारेमा पनि छलफल भएको खतिवडाले जानकारी दिए ।

त्यस्तै बैठकले प्रतिनिधिसभाको बैठकलाई लिएर सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोग प्रस्ताव दर्ताको चर्चा चलेको भन्दै एकीकृत समाजवादी सभामुखको पक्षमा रहेको स्पष्ट पारेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार